प्रियंका झा
जनकपुरधाम, फागुन ११ ।
बाराको निजगढ़मा दुर्घटनामा परेर छट्पटाई रहेका नागरिकलाई प्रदेश दुई प्रदेश प्रमुख राजेश झाले स्वंय उद्धार गरेका छन् ।
जनकपुरधामबाट बाराको जितपुर गई रहेका प्रमुख झाले दुर्घटनामा परि छट्पटाई रहेका ४ जना व्यक्तिलाई उद्धार गरि अस्पताल पठाउन लगाएका हुन् ।
जितपुरमा सैनिकको एउटा कार्यक्रम थियो त्यसमै सहभागी हुन जाँदै थिए ।’
प्रदेश प्रमुख झाले भने ‘ यतिकै निजगढको जंगलमा दुर्घटना भएको हेरे, र त्यस दुर्घटनामा परि घाईते भएकाहरु सडक छेउमा छट्पटाई रहेका थिए,
त्यसमध्ये एक जना बच्चा पनि थिए उनीहरुलाई तुरुन्त उद्धार गरी उपचारका लागि चन्द्रनिगाहपुर स्थित अस्पतालमा पठाउन लगाएको हुँ ।’
उनले आफ्ना लागि नागरिकको सुरक्षा सबैभन्दा महत्वपूर्ण भएको समेत बताए ।
प्रदेश प्रमुख डा. झाले घाईतेहरुको साथमा आफ्ना एक जना सुरक्षाकर्मी समेत पठाएका छन् ।
‘मेरा लागि नागरिक सुरक्षा सबैभन्दा महत्वपूर्ण विषय हो ।
’ उनले भने ‘त्यसैले कार्यक्रममा केही ढिलो गरी पुगेपनि खासै केही फरक पर्दैन् । ’
यस अघि सहरी विकास मन्त्री प्रभु साहको गाडीले एक स्थानीयलाई ठक्कर दिएर उनलाई उद्धार नगरी भागेका थिए ।
यो विषयमा टिप्पणी गर्नुहोस् !