द सौर्य मिथिला समाचारदाता
जनकपुरधाम, फागुन १० ।
देशभर थप १२५ जनामा कोरोना थपिएका छन्
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा ३६८१ मा कोरोना परीक्षण गर्दा १२५ जनामा कोरोना पुष्टि भएको हो।
हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७३ हजार ५५६ पुगेको छ।
पछिल्लो २४ घन्टामा ९० जना कोरोना निको भएर फर्किएका छन्।
हालसम्म कोरोना निको हुनेको संख्या दुई लाख ६९ हजार ९६६ पुगेको छ।
यो विषयमा टिप्पणी गर्नुहोस् !