द सौर्य मिथिला समाचारदाता
जनकपुरधाम, फागुन १० ।
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राजनीतिक अस्थितरता कायम गर्नका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको आरोप लगाएका छन् ।
राजनीतिक अस्थिरता बढाएर प्रधानमन्त्री ओली आफ्नो निरंकुश तन्त्रलाई जारी राख्नकै लागि गैर संवैधानिक कदम उठाएको उनले आरोप लगाए ।
सोमबार जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवद्वारा लिखित नेपालको सन्दर्भमा समाजवादी लोकतन्त्र पुस्तकको उर्दु अनुवादलाई विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री ओली संघिय प्रणाली समाप्त पार्ने खेलमा लागेको बताए ।
उनले भने ‘संघिय प्रणाली जसमा पृथकतावादीको स्थान हुँदैन, जसमा अधिक व्यक्तिलाई अवसर दिइन्छ त्यस्तो प्रणाली समाप्त पार्ने ध्येय प्रधानमन्त्रीको छ ।’
पूर्व उपप्रधानमन्त्री समेत रहेका यादवले प्रधानमन्त्री ओलीको योजना आफ्नो निरंकुशतन्त्रलाई निरन्तर तन्काई राख्ने रहेको आरोप लगाए ।
उनले भने ‘प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरि सकेका छन्, अब निर्वाचन नगराएर देशमा राजनीतिक अस्थिरता बढाउने र निरंकुश प्रणाली जारी राख्ने उनको योजना छ ।
’उनले प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेर जुन संविधानको बिरोध गर्दै आई रहेका थियौँ सोही संविधानको रक्षाका लागि आन्दोलन गर्न परिरहेको बताए ।
यस संविधानका कयौ धारामाथी हाम्रो असहमति रहेपनि यसै संविधानमा संघियता, गणतन्त्र, धर्म निरपेक्षता, जनतामा सार्वभौम सत्ता, मौलिक हक जस्ता कुरो उल्लेख रहेकोले यसको संरक्षण गर्नु आवश्यक रहेको बताए ।
उनले भने ‘यो त फूटबलको हाफ टाइम जस्तै भएको हामीलाई गोलपोस्ट परिवर्तन गर्नु परेको छ ।,
अगाडी भने ‘प्रधानमन्त्री ओली यो संविधानलाई विश्वकै उत्कृष्ट संविधान भन्दा भन्दा थाक्दैन थिए आज उनी सो संविधान नै समाप्त पार्न उद्वत छन्, हाम्रो संविधानमा असहमित थियो तर सो संविधानबाट प्राप्त उपलब्धि रक्षाका लागि संविधानको रक्षाका लागि आन्दोलन गर्न परिरहेको छ ।’
नेता यादवले हाम्रो आन्दोलन अझै जारी रहेको र सम्पूर्ण रुपमा विभेद अन्त्य नभएसम्म आन्दोलन जारी रह्ने बताए ।
यो विषयमा टिप्पणी गर्नुहोस् !