द सौर्य मिथिला समाचारदाता
जनकपुरधाम, फागुन ६ ।
चेन्नईमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) मा शाहरुख खानलाई प्रिति जिन्टाले किनेकि छिन् ।
आइपिएलको १४ औँ संस्करणका लागि जानी अक्सनमा प्रिती जिन्टाको टिम पंजाब किंग्सले शाहरुख खानलाई ५ करोड २५ लाखमा खरिद गरेको छ ।
भारतको चेन्नईमा चलिरहेको अक्सनमा प्रिती जिन्टाको टिम पञ्जाब किंग्सले भारतका अलराउण्डर खेलाडी शाहरुख खानलाई ५ करोड २५ लाखमा खरिद गरेको हो । २० लाखको आधार मुल्यबाट सुरु गरिएको शाहरुखलाई प्रितीको टिमले ५ करोड २५ लाखमा किनेको छ ।
यो विषयमा टिप्पणी गर्नुहोस् !