Unicode
ENglish
सोसल मिडियामा हामी   
thesouryamithila
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका
No Result
View All Result
TRENDING
मृत्यु पक्राउ कोरोना पुष्टि संक्रमण पुष्टि संक्रमित सङ्क्रमित कोरोना संक्रमित थपिए
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका
No Result
View All Result
No Result
View All Result

कोरोना भाइरसको जोखिममा सुदूरपश्चिम प्रदेश


कोरोना भाइरसको जोखिममा सुदूरपश्चिम प्रदेश

s~rgk'/, !) r}t M;/sf/n] Ps ;ftfsf nflu ;Ldf gfsfdf cfjfudg aGb u/]kl5 ;f]daf/ laxfg u88frf}sL gfsf vl6Psf ;'/IffsdL{x? . t:jL/ M z]/axfb'/ l;+x÷/f;;


द सौर्य मिथिला समाचारदाता


कञ्चनपुर, चैत २४ । शनिबार दिउँसो तीन जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको खबर सार्वजनिक भएपछि सुदूरपश्चिम प्रदेश झन त्रसित बन्यो । कैलालीमा दुई र कञ्चनपुरमा एक जनामा सङ्क्रमण देखिएपछि यहाँका बजारमा साँझपख सर्वसाधारणको आवागमन नै एकाएक ठप्प रह्यो । कोरोना भाइरसको सङ्क्रमण सन्त्रासपछि भारतबाट सुदूरपश्चिम प्रदेशमा मात्रै डेढ लाख नागरिक भित्रिएको अनुमान छ । सुदूरपश्चिम प्रदेशमा पनि खासगरी सात पहाडी जिल्लाको रोजगारीको प्रमुख गन्तव्य नै भारत हो । नेपाल र भारतमा सङ्क्रमण नियन्त्रणका लागि लकडाउन भइरहँदा दार्चुलाको सीमावर्ती बजार धारचुलादेखि कञ्चनपुरको सीमावर्ती भारतीय वनबासा बजारसम्म नेपाली मजदूर रोकिए ।भारतमा सङ्क्रमण देखिएपछि सुदूरपश्चिमकै ठूलो नाका गड्डाचौकीबाट सबैभन्दा बढी करिब ७० हजारको सङ्ख्यामा नेपाली घर फर्किएको तथ्याङ्क छ । चैतको पहिलो साता भारतबाट आउने क्रम बढे पनि दोस्रो साता निकै ठूलो जमात भित्रिने पूर्वानुमान गर्दै गड्डाचौकी नाकामा सेना नै खटिएर आउनेको तापक्रम मापनको काम भए ।

सेना पनि आफ्नो सावधानी अपनाउँदै तापक्रम मापनदेखि शङ्का लागेका बिरामीलाई अस्पताल पठाउने र हेल्थ डेस्कको व्यवस्थापनमा निकै सक्रिय रह्यो तर भारतबाट आउने हजारौँको सङ्ख्यालाई सीमामा व्यवस्थित हिसाबले राखेर सघनरूपमा चनाखो भएर स्वास्थ्य परीक्षण गर्न आवश्यक तयारी थिएन ।त्यसैगरी भारतबाट बढी मजदूर तथा यात्रु भित्रिनेमध्येको अर्को ठूलो नाका हो कैलालीको त्रिनगर भन्सार नाका । चैत ११ गते लकडाउनका बेला सीमानाकामा रोकिएका यात्रुहरू त्यहाँ प्रवेश पाउनुपर्ने भन्दै आन्दोलनमै उत्रिए । कैलालीको त्रिनगर र खङ्क्रौला नाकाबाट ४६ हजार नागरिक भारतबाट आएको कोभिड-१९ कैलालीका सम्र्पक व्यक्ति जयसिंह भण्डारीले बताए ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशक डा गुणराज अवस्थीले सुदूरपश्चिम सङ्क्रमणको उच्च जोखिममा रहे पनि नियन्त्रणका लागि प्रयासरत रहेको बताए । “सङ्ख्यात्मकरूपमा सङ्क्रमित बढी देखिएकाले पनि यसको जोखिम बढेर आयो”, उनले रासससित भन्छन्, “धनगढीमा महिलामाथि स्थानीय सङ्क्रमण देखिनुलाई झन जोखिम मानिएको छ ।” उनले ती महिलामा दोस्रो चरणको सङ्क्रमण देखिएको बताए ।

“तेस्रो चरणमा देखिएपछि महामारीकै रुपमा फैलिने सम्भावना हुन्छ”, उनले भन्छन्, “यसको सबैभन्दा राम्रो उपाय भनेकै घरभित्र सुरक्षित बस्ने नै हो ।” उनले सरकारको निर्देशिकाबमोजिम यहाँका ८८ वटै स्थानीय तहले भारतलगायत तेस्रो मुलुकबाट आएका सर्वसाधारणको तथ्याङ्क सङ्कलन गरिरहेको बताए । “तथ्याङ्क सङ्कलनमा यहाँका ८०० वटै स्वास्थ्य सङ्ख्यासमेत खटिएको अवस्था छ”, डा. अवस्थीले भन्छन्, “स्वास्थ्य सामग्री केही मात्रामा छ, फैलियो भने स्वास्थ्यकर्मीले प्रयोग गर्ने सामान नै नहुने अवस्था छ ।” उनले पिपिइलगायतका स्वास्थ्य सामग्री उपलब्ध गराउन स्वास्थ्य मन्त्रालय र दातृ निकायसित पनि सधैँ कुराकानी भइरहेको बताए ।

त्यसैगरी यहाँका क्वारेन्टाइनमा बसेका नागरिकको स्वाब सङ्कलनका लागि स्वास्थ्य मन्त्रालयले चिकित्सकसहित सात जनाको टोली सुदूरपश्चिम पठाउन लागेको उनले जानकारी दिए । भारतबाट कैलालीको लम्की र कञ्चनपुरका दुईमा सङ्क्रमण देखिएपछि सुदूरपश्चिममा त्रास अझ बढेको पाइन्छ ।

“भारतमा विभिन्न शहरमा महामारी फैलिएपछि लाखौँको सङ्ख्यामा सर्वसाधारण घर फर्के”, अवस्थीले भन्छन्, “लकडाउनको तयारी हुँदै गर्दा सीमाबाट ठूलो सङ्ख्यामा आए पनि तिनको रेकर्ड राख्न सकिएन ।” उनका अनुसार चैत ११ गते नाकामा थुप्रेकामध्येबाटै एक युवकमा सङ्क्रमण देखिए । अब सङ्क्रमित बढे स्वास्थ्य सामग्री अभाव हुने अवस्था छ भन्दै उनले सङ्क्रमणलाई गम्भीररूपमा लिन सुदूरपश्चिमेली नागरिकसित आग्रहसमेत गर्नुभए ।चार जना सङ्क्रमित भइसकेको सुदूरपश्चिममा धनगढीको सेती प्रादेशिक अस्पतालमा कोरोना परीक्षण शुरु गरिएको छ भने बैतडी र डोटीमा पनि परीक्षणका लागि आवश्यक मेशिन उपकरण जडानको तयारी भइरहेको प्रदेश सरकारले जनाएको छ । सुदूरपश्चिम सङ्क्रमणको जोखिममा रहेको भन्दै सङ्घीय सरकारले पनि कैलाली र कञ्चनपुरमा कोरोना भाइरस परीक्षणका लागि ¥यापिड टेस्टिङ कीट प्रयोग गर्ने निर्णय गराए ।

यसैबीच सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोरोना सङ्क्रमण नियन्त्रणका लागि उपचार र आवश्यक व्यवस्थापनमा कुनै कसर बाँकी नराख्ने बताए । आइतबार मुख्यमन्त्री भट्टले क्वारेन्टाइन, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको व्यवस्थापन, कालोबजारी नियन्त्रण, खाद्यान्न आपूर्ति यहाँका विषयगत मन्त्रीलाई जिम्मेवारी दिएर अघि बढिरहेको जानकारी दिए । “सङ्क्रमित बढ्दा अझ बढी तयारी गर्नुपर्ने देखियो”, उनले भन्छन्, “महामारीको कहरमा निजी अस्पताललाई पनि स्वास्थ्य सेवा दिन हातेमालो गर्न आह्वान गर्छु ।”उनले प्रदेश सरकारले रु ४० करोडको कोष स्थापना गरेर यहाँका गरिब, विपन्न र ज्यालादारी गरी खाने वर्गलाई राहत वितरण गर्न कोषमा नीजि क्षेत्र, विभिन्न सङ्घ, संस्था र निकायबाट सहयोग उपलब्ध भइरहेको बताए । “सङ्क्रिमत बढेसँगै सङ्घीय सरकारसँग गम्भीररूपमा सहकार्य हुँदैछ”, उनले भन्छन्, “भारतलगायत अन्य मुलुकबाट घर फर्किएका नागरिकलाई २१ दिन क्वारेन्टाइनमा बस्न आग्रह गर्दछु ।”

रासस

Tags: जोखिमसुदूरपश्चिम

यो विषयमा टिप्पणी गर्नुहोस् !

द सौर्य मिथिला

द सौर्य मिथिला

The Best News Portal of Nepal.

सम्बन्धित समाचार

निहारिका मुद्दामा उच्च अदालतको आदेश : आरोपितलाई झिकाउ

निहारिका मुद्दामा उच्च अदालतको आदेश : आरोपितलाई झिकाउ

12 months ago
दोहोरो नागरिकता लिएका युवकलाई धनुषा प्रहरीले नियन्त्रणमा लियो

दोहोरो नागरिकता लिएका युवकलाई धनुषा प्रहरीले नियन्त्रणमा लियो

12 months ago
नेपाली कांग्रेसका पूर्व उपसभापति निधिसहित विभिन्न दलका प्रमुख नेताहरुले मतदान गरे

नेपाली कांग्रेसका पूर्व उपसभापति निधिसहित विभिन्न दलका प्रमुख नेताहरुले मतदान गरे

1 year ago
धनुषामा मतदान सुरु , पूर्व राष्ट्रपति डॉक्टर यादवले गरे मतदान

धनुषामा मतदान सुरु , पूर्व राष्ट्रपति डॉक्टर यादवले गरे मतदान

1 year ago
गठबन्धनको आमसभामा निधिको अनुपस्थिति, कांग्रेसको मत गठबन्धनकै पक्षमा पर्नेमा आशंका

गठबन्धनको आमसभामा निधिको अनुपस्थिति, कांग्रेसको मत गठबन्धनकै पक्षमा पर्नेमा आशंका

1 year ago
मिथिला नगरपालिकाका मेयर उम्मेदवार महेन्द्र महतोले गरे चुनावी प्रतिवद्धतापत्र सार्वजनिक

मिथिला नगरपालिकाका मेयर उम्मेदवार महेन्द्र महतोले गरे चुनावी प्रतिवद्धतापत्र सार्वजनिक

1 year ago
जनकपुरधाम विमानस्थलको सुरक्षाका लागि सेना परिचालन

जनकपुरधाम विमानस्थलको सुरक्षाका लागि सेना परिचालन

1 year ago
जनकपुर बम विस्फोट घटनाको १० वर्ष पूरा,(भिडियो समेत)

जनकपुर बम विस्फोट घटनाको १० वर्ष पूरा,(भिडियो समेत)

1 year ago

ताजा समाचार

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

5 months ago
जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

7 months ago
जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

7 months ago
जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

7 months ago
‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

8 months ago
असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

8 months ago

हाम्रो टिम

संचालक: अशिष कुमार झा

कार्यकारी सम्पादक: जयन्त ठाकुर

न्युज डेस्क : प्रियंका झा

No Result
View All Result


  जनकपुरधाम-०४,धनुषा नेपाल
thesouryamithila.com
+977-9854029097
 [email protected]
 सूचना बिभाग दर्ता नं. १७९४/०७६-७७

फेसबुक पेज

सोसल मिडिया                      

Facebook Twitter Youtube Instagram

© 2020 The SouryaMithila Pvt. Ltd. || Powered By ProTech Media Pvt. Ltd. 

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका

© 2020 The SouryaMithila Pvt. Ltd. || Powered By ProTech Media Pvt. Ltd.