द सौर्य मिथिला समाचारदाता

जनकपुरधाम, चैत २३ । कोरोना भाइरस विरुद्ध लड़न सम्पूर्ण जनता एक रहेको भन्दै जनकपुरधाममा आज साँझ दियो बाली दीपावली मनाईएको छ ।विश्व कोरोना भाइरस संक्रमणबाट जुधिरहेको बेला एकताबद्ध भई लड़नका लागि तयार रहेको सन्देश दिनका लागि जनकपुरधाम सहित तराई मधेशका जिल्लाहरुमा दियो बाली दीपावली मनाईएको हो ।

कोरोना भाइरस अर्थात् कोभीड़ १९ बाट अहिलेसम्म लगभग ६० हजार भन्दा बढ़ीको मृत्यु भैसकेको छ भने लाखौ संक्रमित बनेका छन् । त्यसैगरी नेपालमा समेत संक्रमितको संख्या ९ पुगीसकेको छ ।
यो विषयमा टिप्पणी गर्नुहोस् !