द सौर्य मिथिला समाचारदाता

जनकपुरधाम, चैत २३ गते । प्रदेश दुईको सरकारले कोरोनाको संक्रमण फैलिन नदिन निति निर्माणका लागि गठन गरेको विज्ञहरुको समूहले सुझाव सरकारलाई बुझाए । सरकारले सुझाव दिन तथा निति निर्माणका लागि जिम्मा दिएको दुई दिन पछि विज्ञहरुको समूहले सुझाव प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई बुझाए। विज्ञहरुले कोरोनाको नियन्त्रण तथा रोकथामका लागि अल्पकालिन, मध्यकालिन तथा दीर्घकालिन विषयहरु समावेश गरेर प्रतिवेदन प्रदेश सरकारलाई बुझाए । विज्ञहरुको समूहले बुझाएको प्रतिवेदनमा चिकित्सकीय सामग्रीहरुको उपयोगिता, प्रयोग र उपलब्धता, उपचारमा संलग्न रहेका चिकित्सहरुको सुरक्षा, प्रोत्साहन भत्ता, विशेष अस्पतालको निर्माण लगायतका विषयहरु समेटिए ।
विज्ञहरुको समूहले बुझाएको प्रतिवेदन ग्रहण गर्दै मुख्यमन्त्री राउतले यी सुझावहरुलाई प्रदेश सरकारले कार्यान्वयनमा ल्याउने प्रतिबद्धता व्यक्त गरे । विज्ञरुहको समूहमा डा. राम केवल साह, डा. सुरेन्द्र यादव, डा. प्रविण मिश्र, डा.काशिकान्त झा, डा.विजय कुमार सिंह, डा. गरिबदास ठाकुर, डा. जेके लाल सहितका रहेका थिए ।
यो विषयमा टिप्पणी गर्नुहोस् !