बलराम गुप्ता
मेरो देशमा कस्लाई कस्लाई कानुन लाग्छ
ठूलालाई हैन मात्र साना लाई कानुन लाग्छ ।।।
करोडौं को कर तिर्न बाकि एनसेल लाई हैन
दुई हजार बाकि रहेका ब्यापारीलाई कानुन लाग्छ।।।
अर्बौको भ्रष्टाचार गर्ने नेतालाई हैन ५ रुपैया
काला बजारी गर्न ब्यापारीलाई कानुन लाग्छ ।।।
हत्यारा , बलात्कारी अपहरणकारी लाई हैन
सहि बोल्दा प्रहरीसँग मुख लगायो भनेर कानुन लाग्छ।।।।।
२० लाखौको समानलाई ५ लाख भनेर ल्याउने लाई हैन
दुइ, चार हजार भन्सार छलेर ल्याउनेलाई कानुन लाग्छ।।।।
लाखौ रुपैया घुस लिने ठुला कार्यलय प्रमुखलाई हैन
सय पचास लेन देन गर्ने कर्मचारीलाई कानुन लाग्छ।।।।
सडकको छेउमा ठुला बोड राख्ने कम्पनीलाई हैन
सडक छेउमै पानिपुरी बेच्ने भैयालाई कानुन लाग्छ।।।।
नो पार्किङमा राखिएको सरकारी गाडीलाई हैन
मान्छे झारेको भन्दै ओटो चालकलाई कानुन लाग्छ ।।।
यो विषयमा टिप्पणी गर्नुहोस् !