द सौर्य मिथिला समाचारदाता

कञ्चनपुर, चैत २३ । भीमदत्त नगरपालिकामा लकडाउनको समयमा सञ्चालन गरिएका घुम्ती पसल सेवा बन्द गराए । सरकारको निर्णयअनुसार लकडाउनको समयमा बासिन्दालाई दैनिक उपभोग्य सामग्री उपलब्ध गराउन सो नगरपालिका र कञ्चनपुर उद्योग बाणिज्य सङ्घको समन्वयमा ती पसल सेवा सञ्चालन गरिएको थिए । नगरपालिकामा शनिबार बसेको अत्यावश्यक खाद्यान्न आपूर्ति तथा व्यवस्थापन सहजीकरण समितिको बैठकले कोरोना भाइरस (कोभिड–१९ ) को सङ्क्रमणको थप जोखिम बढेपछि अर्को व्यवस्था नभएसम्मका लागि बन्द गर्ने निर्णय गराए ।
नगर प्रमुख सुरेन्द्र विष्टसहित जनप्रतिनिधि, समितिका सदस्य सहभागी बैठकले कोरोना भाइरस जोखिमको संवदेनशिलतालाई मध्यनजरगरी अर्को सूचना जारी नभएसम्मका लागि पसल बन्द गर्ने निर्णय गराए । उनले सुदूरपश्चिम प्रदेशमा पहिलो पटक स्थानीयमा सो भाइरसको सङ्क्रमण देखिएकाले लकडाउनको पूर्ण पालना गरी सुरक्षित हुन सबैमा आग्रह गर्नुभए ।
रासस
यो विषयमा टिप्पणी गर्नुहोस् !