Unicode
ENglish
सोसल मिडियामा हामी   
thesouryamithila
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका
No Result
View All Result
TRENDING
मृत्यु पक्राउ कोरोना पुष्टि संक्रमण पुष्टि संक्रमित सङ्क्रमित कोरोना संक्रमित थपिए
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका
No Result
View All Result
The Souryamithila
No Result
View All Result

२ वर्षे छोरोलाई लिएर न्यायको लागि भौतारीदै अनिता

उनी भन्छिन् ‘म आफ्नो श्रीमान अर्कै महिला लिएर फरार भएपनि उनी संगै बस्ने मेरो धोको छ ।’


२ वर्षे छोरोलाई लिएर न्यायको लागि भौतारीदै अनिता

जनकपुरधाम, माघ २५ ।
भनिन्छ, श्रीमान सुख दुःखका साथी हुन्, तर अनिताको जीवनमा त्यस्तो भएन । उनलाई आफ्नै श्रीमान सासु ससुरासंग मिलेर शारिरिक यातना दिएर हदैसम्मको पीडा दिनसम्म पछाडी परेनन् । अनितालाई श्रीमानले नै आगोबाट पोलेर मरनासन्न हुने गरी घाइते बनाएपछि छिमेकका मानिसहरुले अस्पताल पुर्याएपछि अर्को जीवन पाउन सफल भइन् ।
३ वर्ष अगाडी सर्लाही चक्रघटा गाउँपालिका वडा नम्बर ६ पररियाकि २५ वर्षिया अनिता देवी साहको विवाह महोत्तरी बलवा नगरपालिका वडा नम्बर ६बनौटका मनिष साहसंग भएको थियो । उनको बिहेपनि बडो तामझामका साथ भएको थियो । बुवा विष्णुदेव साहले छोरी बिहेमा दाइजोका साथै जन्तीको स्वागतमा गरी २५ लाखभन्दा बढी खर्च गरे । आखिर छोरीको बिहे जो थिए । अनिता पनि औँधी खुशी थिइन् आफ्नो भविष्यका सपनाहरु सोेचेर । अनिताले कहिल्यै सोचेकी पनि थिइनन् कि, आफ्नै श्रीमानले यति हदैसम्मको पीडा देलान, तर नसोचेकै कुरा भयो ।


बिहेको केही दिन नबित्दै अनितालाई श्रीमान मुकेशले शारिरिक यातना दिन शुरु गरे । अनि मात्रै उनले सोचेका सपना चकनाचुर हुँदै गए । श्रीमान अर्कै महिलासंगको प्रेम सम्बन्धमा रहेको पनि थाहा पाइन् । त्यही कारण होला श्रीमानले आफूलाई थप दहेज ल्याउन भन्दै कुटपीट गर्न थाले अनिता रुँदै भनिन् । यो क्रम फेरी लागातार चलि रह्यो उनले आँशु पुछ्दै भनिन् ‘मलाई दाम्पत्य जीवन बताउनु थियो, त्यसैले श्रीमानले दिदै आएको पीडा आफू सही रहे ।’
तर उनलाई पछि दिन दिनै पीडा दिने क्रम बढी रह्यो, कहिल्यै हातखुट्टा बाँधेर कुटपीट गरिन्थ्यो त कहिल्यै श्रीमान सासु ससुरा मिलेर आगोले पोल्ने गरिन्थ्यो । अन्त्यमा पीडा सह्न नसकेर अनिता यो सबै कुरो आफ्नो माइतमा बताइन् ।
अहिले अनिता आफ्नै श्रीमानबिरुद्ध लडि रहेकी छिन् । अनिता फेरी श्रीमानबिरुद्ध सजाय दिलाउनका लागि होइन, आफ्नो दाम्पत्य जीवन बचाउनका लागि । उनी भन्छिन् ‘श्रीमान अर्कै महिलालाई लिएर फरार भएको कुरो मलाई थाहा छ तर के गरु मेरो भाग्य नै खोटोे पर्यो ।, अगाडी भनिन् ‘म आफ्नो श्रीमान अर्कै महिला लिएर फरार भएपनि उनी संगै बस्ने मेरो धोको छ ।’ तर साथ दिने कुनै निकाय छैन ।
अनिता अहिले काँखमा २ वर्षे छोरोलाई लिएर ठाउँ ठाउँमा भौतारी रहेकी छन् । समाजका भरभलादमी, कानून पालना गराउने निकाय कोही साथ नदिएपछि आफ्नो घर छँदा छँदै उनी ओरेक नेपालको सेफहाउसमा शरण लिन बाध्य भएकी छन् ।
कसरी शुरु भयो यातना दिने क्रम
अनिताको विवाह मुकेशसंग भएपछि केही दिन सबै ठीकठाक नै थियो । उनको बुवाले दाइजोमा मोटै रकम खर्च गरेका थिए, ज्वाईलाई महँगो मोटरसाइकल पनि किनेर दिए । केही महिना त ठीकै चल्यो । तर एकाएक शुरु भयो यातना दिने क्रम, थप दाइजो ल्याउनका लागि । शुरुमा त दाइजो ल्याउ मात्रै घरमा बस्न दिन्छु भन्थे पछि तिमीभन्दा सुन्दर केटीसँग दोश्रो विवाह गरिसकेको छु भन्दै तिमी यहाँबाट जाउ भन्दै घर बाटै निकाल्ने प्रयास गरे अनिता भकानिदै भनिन् । उनी भन्छिन् ‘श्रीमान मात्र होइन सासु ससुरा समेतले हात खुट्टा बाँधेर मुखमा कपडा कोचेर पटक पटक कुटपिट गरे ।’

अन्त्यमा सह्न नसकेर उनी न्यायका लागि गत असार महिनामा ईलाका प्रहरी कार्यालय बनौटा र जिल्ला प्रहरी कार्यालय महोत्तरीमा उजुरी दिइन् । त्यसपछि जनता समाजवादी पार्टीका प्रदेशसभा सदस्यद्वय सुरिता साह र जानकी साहको उपस्थितिमा अबदेखि यातना नदिने र खुशी खुशी घरमा बस्ने गरी सहमति पनि भयो । तर त्यो सहमति कागजमा गरिएको हस्ताक्षरको मसि सुक्न नपाउँदै टुट्यो ।
फेरी पनि जिल्ला प्रहरी कार्यालयको महिला सेल र ईलाका प्र्रहरी कार्यालय बनौटा पुगिन् । तर कुनै सुनवाई भएको छैन । अनिताले भनिन् ‘ प्रहरी कार्यालयमा उजुरी दिए तर कुनै सुनुवाई हुन सकेको छैन, के भयो भनेर सोध्न जाँदा प्रहरीले हप्काएर पठाई रहे ।’
अनिताले उजुरी दिए पश्चात गत साउन ७ गतेका दिन प्रदेशसभा सदस्यद्वय जानकी साह र सुरिता साहको रोहबरमा अबदेखि कुनै यातना नदिने, नागरिकता, विवाहदर्ता र बच्चाको जन्मदर्ता बनाईदिने लिखित सहमति नै भयो । तर त्यो आजसम्म कार्यान्वयन हुन सकेन ।
त्यसता नागरिकता बनाई दिन भनेपछि घरभित्र बाँधेर कुटपिट गर्दै आएको अनिताले दुखेसो सुनाईन । उनले भनिन् ‘सहमति कार्यान्वयनका लागि ईलाका प्रहरी कार्यालय बनौटा र जिल्ला प्रहरी कार्यालय दुवै ठाउँमा उजुरी दिए तर कुनै सहयोग अहिलेसम्म पाएको छैन ।’


अनिताका बुवा विष्णुदेवले सहमति कार्यान्वयन र छोरीको जीवन रक्षाका लागि पटक पटक बनौटा प्रहरी कार्यालयमा आग्रह गरेपछि त्यहाँका सई रविन्द्र सिंहले अब यहाँ रहेर समस्या समाधान हुदैन आफ्नो ग्यारेन्टीमा दुई साताअघि जनकपुर बस्न पठाई दिए भनेर फर्काई दिएको बताए ।
मनिषले अनितालाई जनकपुर भ्रमरपुरा चौक नजिक एक डेरालाई राखेर दुई दिन पछि सम्पूर्ण गरगहना र मोबाइल समेत लिएर फरार भए । अन्त्यमा अनिताले फेरी बुवालाई जनकपुरधाम बोलाइन् ।
छोरी अनितालाई लिएर पुनः बनौटा र जिल्ला प्रहरी कार्यालयमा सहयोगका लागि पुग्दा अब के गरौ, जहाँ जानुछ जाउ म केही गर्न सक्दैन भनी उल्टै हप्काउने गरेको विष्णुदेवले पीडा सुनाए । उनले कानूनको पालना र सुरक्षा दिने निकाय नै असहयोग गर्न थालेपछि अब कहाँ जाने रु
अहिले अनितालाई अधिवक्ता रेखा दत्तको सहयोगमा सुरक्षाका लागि ओरेक नेपालको सेफ हाउसमा राखिएको छ ।
घटना बारे ईलाका प्रहरी कार्यालय बनौटाका प्रमुख सई रविन्द्र सिंहसंग बुझ्ना खोज्दा उनले भने ‘ हामीले पटक पटक सहमति गराउने प्रयास गरेकै हौँ, पछिल्लो पटक गत साउन महिनामा एसपी सापकै उपस्थितिमा अबदेखि यातना नदिने भनी लिखित सहमति नै भयो । तर त्यो सहमति कार्यान्वयन प्रयास गरयौं हुन सकेन ।’
पारिवारिक विवाद सहमतिबाटै निकास खोजौं भनी सासु ससुराबाट टाढा बसेपछि विवाद अन्त्य हुन सोचेर केटाकेटी दुवैलाई जनकपुर गएर बस्न लगायौं । तर दुईपछि केटा नै त्यहाँबाट फरार भयो सिंहले बताए ।

यो विषयमा टिप्पणी गर्नुहोस् !

द सौर्य मिथिला

द सौर्य मिथिला

The Best News Portal of Nepal.

सम्बन्धित समाचार

जिल्ला युवा सञ्जाल धनुषाका नव नियुक्त पदाधिकारीले गरे पदभार ग्रहण
Banner News

सर्लाहीको चन्द्रनगर गाउँपालिकाको केन्द्र सार्ने विषयमा झडप, प्रहरीद्वारा अश्रुग्यास प्रहार

5 hours ago
मैथिली भाषालाई खण्ड खण्डमा बाँड्ने प्रयास भयो : वक्ताहरु
Banner News

मैथिली भाषालाई खण्ड खण्डमा बाँड्ने प्रयास भयो : वक्ताहरु

5 hours ago
आज थप ८८५ जना नयाँ कोरोना संक्रमित थपिए
Banner News

शुक्रबार थप १२० जनामा कोरोना पुष्टि

9 hours ago
वीरगञ्जकी मुस्कान खातुनलाई प्रतिष्ठित अमेरिकी पुरस्कार
Banner News

वीरगञ्जकी मुस्कान खातुनलाई प्रतिष्ठित अमेरिकी पुरस्कार

17 hours ago
विप्लव समूहको नेता छोड्न गृहको निर्देशन
Banner News

विप्लव समूहको नेता छोड्न गृहको निर्देशन

1 day ago
जनकपुर साहित्य महोत्सव : जानकी मन्थनदेखि मैथिली साहित्यको इतिहासमाथि बहस, एसिड पीडित आरतीको आक्रोश, जनकपुरधामको पर्यटन सम्भावना
Banner News

जनकपुर साहित्य महोत्सव : जानकी मन्थनदेखि मैथिली साहित्यको इतिहासमाथि बहस, एसिड पीडित आरतीको आक्रोश, जनकपुरधामको पर्यटन सम्भावना

1 day ago
पृथ्वीनारायण शाहको तस्बिर बोकेर भेटघाटमा निस्के प्रदेश २ का प्रदेश प्रमुख
Banner News

पृथ्वीनारायण शाहको तस्बिर बोकेर भेटघाटमा निस्के प्रदेश २ का प्रदेश प्रमुख

1 day ago
बम रहेको हल्लापछी ताजमहल खाली गराइयो
Banner News

बम रहेको हल्लापछी ताजमहल खाली गराइयो

2 days ago

ताजा समाचार

जिल्ला युवा सञ्जाल धनुषाका नव नियुक्त पदाधिकारीले गरे पदभार ग्रहण

सर्लाहीको चन्द्रनगर गाउँपालिकाको केन्द्र सार्ने विषयमा झडप, प्रहरीद्वारा अश्रुग्यास प्रहार

5 hours ago
मैथिली भाषालाई खण्ड खण्डमा बाँड्ने प्रयास भयो : वक्ताहरु

मैथिली भाषालाई खण्ड खण्डमा बाँड्ने प्रयास भयो : वक्ताहरु

5 hours ago
नेकपा संसदीय दलद्वारा कृषि अनुदान रोक्न सिफारिस

दाहाल संसदीय दलको नेता चयन

7 hours ago
अमेरिकी कम्पनी मोडेर्नाको कोरोना विरूद्धको खोप करिब ९५ प्रतिशत प्रभावकारी भएको दाबी

कोभिड–१९ विरुद्धको खोपको दोस्रो मात्रा वैशाख ७ गतेदेखि

8 hours ago
आज थप ८८५ जना नयाँ कोरोना संक्रमित थपिए

शुक्रबार थप १२० जनामा कोरोना पुष्टि

9 hours ago
अफगानिस्तानमा २४ घण्टा यता भएका हिंसामा ९० जना मारिए

अफगानिस्तानमा २४ घण्टा यता भएका हिंसामा ९० जना मारिए

11 hours ago

हाम्रो टिम

संचालक: अशिष कुमार झा

कार्यकारी सम्पादक: जयन्त ठाकुर

न्युज डेस्क : प्रियंका झा

No Result
View All Result


  जनकपुरधाम-०४,धनुषा नेपाल
thesouryamithila.com
+977-9854029097
 thesouryamithila@gmail.com
 सूचना बिभाग दर्ता नं. १७९४/०७६-७७

फेसबुक पेज

सोसल मिडिया                      

Facebook Twitter Youtube Instagram

© 2020 The SouryaMithila Pvt. Ltd. || Powered By ProTech Media Pvt. Ltd. 

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका

© 2020 The SouryaMithila Pvt. Ltd. || Powered By ProTech Media Pvt. Ltd.