काठमाण्डौं, माघ १२ ।
नेपाली खेलाडी सन्दीप लामिछानेले दुई विकेट लिएको खेलमा उनले आबद्ध टोली होबार्ट हुरिकेन्स सात रनले विजयी भएको छ ।
अस्ट्रेलियामा जारी बिग बास लिगमा लामिछानेले सिड्नी सिक्सर्र्सविरुद्धको खेलमा दुई विकेट लिनुभएको हो ।
टस जितेर सिड्नी सिक्सर्सले फिल्डिङ रोजेपछि होबार्टले २० ओभरमा आठ विकेट गुमाएर १८८ रन बनायो ।
सिड्नीले २० ओभरमा आठ विकेट गुमाएर १८१ रन मात्र बनाउन सक्यो ।
होबार्टका लागि लामिछानेले चार ओभरमा २४ रन खर्चिनुभए । उनले यसक्रममा तीन चौकासमेत विपक्षी खेलाडीलाई हान्ने मौका दिए ।
लामिछानेले सिड्नीका ब्याट्सम्यान मोइसेस हेनरिकलाई ४३ रनमा तथा डेनियल क्रिस्टियनलाई रन नै बनाउन नदिइकन पेभेलियन फर्काए ।
यसअघिको खेलमा समेत उनले दुई विकेट लिनुुभएको थिए । उनले बिग बासमा हालसम्म सात खेलमा आठ विकेट लिइसक्नुभएको छ ।
लामिछाने आबद्ध टोली होबार्ट हालसम्म २७ अङ्क जोड्दै लिगको पाँचौँ स्थानमा रहेको छ ।
होबार्टले अब मङ्गलबार मेलबर्न रेनेगेड्ससँग खेल्ने छ । उक्त खेलमा विजयी भएमा होबार्ट अर्को चरणमा प्रवेश गर्ने सम्भावना कायमै रहने छ । रासस
यो विषयमा टिप्पणी गर्नुहोस् !