नयाँदिल्ली, माघ ८ ।
स्वर्गीय अभिनेता सुशान्त सिंह राजपूतको ३५औँ जन्मजयन्तीको अवसरमा सुशान्तकी दिदी स्वेता सिंह कृतिले भाईको सम्झनाका लागि ३५ हजार अमेरिकन डलर बराबरको छात्रवृत्रि कोष स्थापना गर्ने घोषणा गरेकी छन्।
बिहीबार सुशान्तको जन्मजयन्तीका अवसरमा स्वेताले भाईको सम्झनाका लागि युसी बर्कली (क्यालिफोर्निया स्थित विश्वविद्यालय) मा अध्ययनरत फिजिक्सका विद्यार्थीको लागि उक्त कोष स्थापना गर्ने घोषणा गरेकी हुन।
सुशान्तलाई भौतिकशास्त्र र खगोलशास्त्रमा धेरै नै रुचि रहेको थियो।
स्वेताले ट्वीटरमा यसबारे लेखेकी छन्, ‘म मरो भाईको ३५ औँ जन्मदिनको दिन यो घोषणा गर्न पाउँदा अत्यन्तै खुसी छु।
उनको सपना पूरा गर्नेतर्फ यात्रा गर्न पाउँदा अत्यन्तै खुसी भएको छु।’
सन् २०२० को जुन १४ मा आत्महत्या गरेका थिए। उनले काइपोचे, एम एस ध्वनी, दिन बेचारा लगायत थुप्रै चलचित्रमा काम गरेका छन्।
यो विषयमा टिप्पणी गर्नुहोस् !