एजेन्सी

काठमाडौँ, चैत २१ । कोरोना भाइरसको लागि चिनले बनाएको भ्याक्सिनको क्लिनिकल ट्रायलको साकारात्मक परिणाम आएको छ । कोरोना भाईरसबाट तनावमा रहेको चीनले १७ मार्च देखि कोरोना भाईरस (कोभिड १९) को लागि बनाएको भ्याक्सिनको क्लिनिकल ट्रायल शुरू गरेको थियो । जसको परिक्षण मानिसमै गरिएको थियो र त्यस परिक्षणको परिणाम सकारात्मक आएको हो । चीनले यस क्लिनिकल ट्रायलको लागि कुल १०८ जनालाई चयन गरेको थियो । यस ट्रायलमा जति जना भोलिन्टियर्सले भाग लिएका थिए त्यस मध्ये १४ जनामाथिको भ्याक्सिनको परीक्षणको अवधी पुरा भएको हो । उनिहरुलाई १४ दिनसम्म क्वारेनटाइनमा राखेर सबैलाई आ–आफ्नो घर पठाइएको छ ।

यो सबै परिक्षण चीनको वुहान शहरमा शुरू गरिएको हो । भ्याक्सीनको परीक्षण पछि घर फर्काइएका सबैजना स्वस्थ्य छन् । साथै उनीहरु मेडिकल निगरानीमा छन् । यस भ्याक्सीनलाई चीनको सबैभन्दा ठुलो बायो–वारफेयर साइंटिस्ट चेन वी र उनका टीमले बनाएको छ । भ्याक्सिन परीक्षण गरिएका १०८ जना १८ वर्ष देखि ६० वर्ष सम्मका छन् । उनीहरुलाई विभिन्न तीन समुहमा बाँड्दै तीनै समुहका व्यक्तिहरुलाई भ्याक्सीनको फरक–फरक मात्रा दिइएको थियो । उनीहरुलाई वुहानको स्पेशल सर्विस हेल्थ सेन्टरमा क्वारेनटाइनमा राखिएको हो । सबैजनालाई फरक–फरक दिन भ्याक्सीन दिइएको हो, त्यसैले सबैजनालाई क्वारेनटाइन पीरियड पूरा नभएसम्म त्यही बस्नु पर्ने हुन्छ । तिनीहरु केहि हप्तामा आ–आफ्नो घर फर्कन सक्ने छन् ।
जुन १४ व्यक्तिलाई घर पठाइएको हो उनीहरु अबको ६ महिनासम्म मेडिकल निगरानीमा रहने छन् । हरेक दिन उनीहरुको मेडिकल टेस्ट हुनेछ । यस ६ महिनाको अवधिमा उनीहरुलाई कोरोना भाईरसको संक्रमण हुन्छ भने उनीहरुको शरीरले कस्तो प्रतिक्रिया दिन्छ ।जसरी यिनीहरुको शरीरमा कोरोना भाइरससँग लडने क्षमता विकसित हुन्छ अर्थात उनिहरुको शरीरमा एंटीबडी बन्छ, उनिहरुका रगतको स्याम्पल लिएर भ्याक्सीनलाई बजारमा ल्याइने छ । चेन वी का अनुसार उनका पहिलो परिक्षण लगभग सफल भएको हो । उक्त भ्याक्सिनले कति सम्म काम गर्नेछ भन्ने कुरा आफूहरुले जानकारी पाए लगतै यसलाई अन्तराष्ट्रिय स्तरमा समझौता गरेर विश्वलाई दिइने चेन वीले जनाएको छ।

यो विषयमा टिप्पणी गर्नुहोस् !