द सौर्य मिथिला समाचारदाता
जनकपुरधाम, पुस २९ ।
देशभर थप ४ सय ४५ जनामा कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप ४ सय ४५ जनामा कोरोना पुष्टि भएको हो।
हालसम्म कोरोना संक्रमित हुनेको कुल संख्या २ लाख ६६ हजार १ सय ४३ पुगेको छ।
पछिल्लो २४ घण्टामा ४ सय १४ जना कोरोना निको भएर फर्किएका छन्।
कोरोना निको हुनेको कुल संख्या २ लाख ५९ हजार ७ सय ७२ पुगेकोा छ।
कोरोनाबाट थप ५ जनाको मृत्यु भएको छ।कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ९ सय ३७ पुगेको छ।
पछिल्लो २४ घण्टामा ४१५४ नमूनाको पिसिआर गरिएको छ।
यो विषयमा टिप्पणी गर्नुहोस् !