द सौर्य मिथिला समाचारदाता

जनकपुरधाम, चैत २२ । कोरोना भाइरसको संक्रमण बढ्न सक्ने खतरा बढेपछि नेपाल सरकारले विगत केही सातादेखि पूरै देश लकडाउन गराए । लकडाउन गरेसंगै विपन्न तथा दैनिक ज्यालादारीमा काम गर्नेहरु मारमा परेका छन् ।

लकडाउनबाट मारमा परेका विपन्न तथा दैनिक ज्यालादारीमा काम गर्नेहरुलाई मुक्तिनाथ विकास बैंक जनकपुरधाम शाखाका कर्मचारीहरुले राहत वितरण गराए । १ सय ५० जना विपन्नहरुलाई राहत वितरण गरिएको मुक्तिनान विकास बैंकका क्षेत्रिय प्रबन्धक प्रभाष झाले जानकारी दिए । जनकपुरधाम स्थित उद्योग वाणिज्य संघमा ती १ सय ५० विपन्नहरुलाई दाल, चामल, आलु, प्याज,तेल, सोयाबडी, साबुल लगायतका राहत सामग्री वितरण गराए ।

यो विषयमा टिप्पणी गर्नुहोस् !