Unicode
ENglish
सोसल मिडियामा हामी   
thesouryamithila
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका
No Result
View All Result
TRENDING
मृत्यु पक्राउ कोरोना पुष्टि संक्रमण पुष्टि संक्रमित सङ्क्रमित कोरोना संक्रमित थपिए
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका
No Result
View All Result
No Result
View All Result

मुसहर बस्तीमा छाड्यो चुल्हो बल्न


मुसहर बस्तीमा छाड्यो चुल्हो बल्न

lockdown stencil print on the grunge white brick wall


द सौर्य मिथिला समाचारदाता


लहान, चैत २२ । सप्तरीको डाक्नेश्वरी नगरपालिका ३ तरहीका मोलीया सदाका घरमा तीन दिनदेखि चुल्हो बल्न सकेको छैन । दैनिक मजदूरी गरी परिवारको गुजारा चलाउँदै आएका मोलियाको लकडाउनका कारण मजदूरी नै बन्द भएपछि बालबच्चासहित परिवारका सदस्य भोकभोकै बस्न बाध्य छन् ।“लकडाउनका कारण करीब दुई सातादेखि सबै काम बन्द छ”, मोलिया सदाले भन्छन् ,‘‘ मजदूरीको काम बन्द भएपछि पहिले मजदूरी गरेर जम्मा पारिएको अन्नपात लकडाउनको एक सातासम्म बसेर खाइयो, अब एक माना अन्न छैन, कसरी परिवार पाल्ने भन्ने चिन्ता थपिएको छ ।”

घरमा अन्नपात नहुदाँ गत बुधवारदेखि चुलो नबलेका बालबच्चासँगै आफू भोकै बस्दै आएको उनले दुखेसो पोख्नुभए । मोलियाका घरमा उनसहित ६ जनाको परिवार छ । मजदुरी बन्द भएपछि रोगभन्दा पनि भोकको चिन्ता बढ्को मोलियाको भनाइ छ । सोमनी सदाको परिवार पनि केही दिनदेखि भुजा खाएर दिन काट्दै आएको छ । “घरमा एक मुठी पनि चामल छैन”, सोमनीले भन्छन्, ‘‘ घरमा चामल छैन, थोरै मात्र भुजा रहेकाले त्यही खाएर गुजारा काटिरहेका छाँैं ।” आफूहरुले भुजा खाएरै दिन काट्दा पनि बालबच्चाले भात माग्ने गरेको दुखेसो सुनाउँदै सोमनीले थप्नुभयो, ‘‘बच्चाहरुले भोक लाग्यो, भात दिनून भनी रुने गरेका छन्, कहाँबाट ल्याएर भात ल्याएर खुवाउनू ? असाध्यै चिन्तामा डुबेका छौँ ।” सोमनीका घरमा उहाँसँगै श्रीमान् र तीन छोराछोरी छन् ।

यो केवल मोलिया र सोमनीको मात्रै होइन बस्तीका अधिकांश परिवारको समस्या यस्तै छ । करीब ५० परिवारको उक्त बस्तीका सबैले मजदूरी गरेरै परिवार पाल्दै आए । कोभिड १९ को संक्रमण फैलिन सक्ने भन्दै सरकारले यही चैत ११ गतेदेखि देशव्यापी लकडाउन गरेपछि काम बन्द भई अधिकांश परिवारको चुल्हो बल्न बन्द भइसकेको छ । जिल्लाका विभिन्न स्थानीय तहका जनप्रतिनिधिले लकडाउनका समयमा मजदूरी बन्द भएका श्रमिक तथा विपन्न परिवारलाई राहत दिइरहेको एफएम रेडियोबाट समाचार सुन्दा आफूहरुलाई पनि राहत मिल्छ कि भन्ने आशमा उनीहरु बसेका छन् । भूमिहीन सुकुम्बासीका रुपमा बसोबास गर्दै आएका मुसहरको अवस्था अन्त्यन्तै कष्टप्रद रहेको स्थानीय अगुवाले बताए ।

शिक्षक विजय रायले भन्छन् ,‘‘ लकडाउनभन्दा पहिले मजदूरी गरेर राम्रैसँग उनीहरुले गुजारा चलाउँदै आएका थिए तर मजदुरी नै बन्द भएपछि कोरोना भाइरसको त्राससँगै भोकमरीको मारमा परेका छन् ।” आफूले डाक्नेश्वरी नगरपालिकाका नगरप्रमुख र वडाध्यक्षसँग भोकमरीको जानकारी गराए पनि अहिलेसम्म आश्वासनबाहेक केही पाउन नसकेको गुनासो रायले गर्नुभए ।आफूलाईशिक्षक विजय रायले भन्छन् ,‘‘ लकडाउनभन्दा पहिले मजदूरी गरेर राम्रैसँग उनीहरुले गुजारा चलाउँदै आएका थिए तर मजदुरी नै बन्द भएपछि कोरोना भाइरसको त्राससँगै भोकमरीको मारमा परेका छन् ।”उनले डाक्नेश्वरी नगरपालिकाका नगरप्रमुख र वडाध्यक्षसँग भोकमरीको जानकारी गराए पनि अहिलेसम्म आश्वासनबाहेक केही पाउन नसकेको गुनासो रायले गर्नुभए ।

कतार एयरबाट फर्किएकाको रिपोर्ट नेगेटिभ

सप्तरी-कतार एयरवेजको क्यूआर ६५२ बाट नेपाल फर्किएका सप्तरीका जीतेन्द्र मण्डलसहित नौ जनाको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आए । कतार एयरवेजबाट नेपाल फर्किएका तिलाठी कोइलाडी गाउँपालिकाका मण्डलसहित भारतको तब्लिगी जमातबाट फर्किएका आठ जनाको रिपोर्ट नेगेटिभ आएको गजेन्द्रनारायणसिंह अस्पताल राजविराजले जनाए ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा चुमनलाल दासका अनुसार यही चैत २० गते स्वाब परीक्षणका लागि सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएकामा नौ जनाकै रिपोर्ट नेगेटिभ आएको छ ।सप्तरीबाट पहिलो पटक नौ जनाको स्वाब नमूना परीक्षणका लागि धरान पठाएको थिए । मण्डल चैत ४ गते कतार एयरवेजबाट नेपाल फर्किनुभएको थियो भने राजविराज नगरपालिकाका आठ जना चैत १८ गते भारत बिहारको विभिन्न मस्जिदमा भएको जमातबाट फर्किएका थिए ।

सुनसरीमा ३९ जनाको स्वास्थ्य परीक्षण

इनरुवा-कोभिड -१९ को आशङ्कामा सुनसरीमा ३९ जनाको स्वास्थ्य परीक्षण गरिएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाए । कोरोना भाइरसको परीक्षण गरिएका ३९ जना मध्ये २४ जनाको रिजल्ट नेगेटिभ आएको र उनीहरु घर फर्किएको सुनसरीका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले बताए ।बाह्र जनाको स्वाब परीक्षणका क्रममा रहेको छ भने तीन जनाको परीक्षण हुन बाँकी रहेको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाए । आइसोलेशनमा राखिएका एक जना समेत घर फर्किसकेको सुनसरी प्रशासनले जनाए । जिल्लामा १६७ जना होम क्वारेन्टाइनमा बसेको जनाए । होम क्वारेन्टाइनमा रहेकाध्ये २६ महिला र १४१ पुरुष रहेको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाए ।

बीस क्षमताको क्वारेन्टाइन

सुनसरीको गढी गाउँपालिकाले २० जना क्षमता भएको क्वारेनटाइन निर्माण गराए । गढी २ मा रहेको गढदेउ अधारभूत विद्यालयमा २० जना क्षमता भएको क्वारेन्टाइन निर्माण गरिए गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोद चौधरीले बताए ।

रासस

Tags: चुल्हो बल्नमुसहर

यो विषयमा टिप्पणी गर्नुहोस् !

द सौर्य मिथिला

द सौर्य मिथिला

The Best News Portal of Nepal.

सम्बन्धित समाचार

निहारिका मुद्दामा उच्च अदालतको आदेश : आरोपितलाई झिकाउ

निहारिका मुद्दामा उच्च अदालतको आदेश : आरोपितलाई झिकाउ

12 months ago
दोहोरो नागरिकता लिएका युवकलाई धनुषा प्रहरीले नियन्त्रणमा लियो

दोहोरो नागरिकता लिएका युवकलाई धनुषा प्रहरीले नियन्त्रणमा लियो

12 months ago
नेपाली कांग्रेसका पूर्व उपसभापति निधिसहित विभिन्न दलका प्रमुख नेताहरुले मतदान गरे

नेपाली कांग्रेसका पूर्व उपसभापति निधिसहित विभिन्न दलका प्रमुख नेताहरुले मतदान गरे

1 year ago
धनुषामा मतदान सुरु , पूर्व राष्ट्रपति डॉक्टर यादवले गरे मतदान

धनुषामा मतदान सुरु , पूर्व राष्ट्रपति डॉक्टर यादवले गरे मतदान

1 year ago
गठबन्धनको आमसभामा निधिको अनुपस्थिति, कांग्रेसको मत गठबन्धनकै पक्षमा पर्नेमा आशंका

गठबन्धनको आमसभामा निधिको अनुपस्थिति, कांग्रेसको मत गठबन्धनकै पक्षमा पर्नेमा आशंका

1 year ago
मिथिला नगरपालिकाका मेयर उम्मेदवार महेन्द्र महतोले गरे चुनावी प्रतिवद्धतापत्र सार्वजनिक

मिथिला नगरपालिकाका मेयर उम्मेदवार महेन्द्र महतोले गरे चुनावी प्रतिवद्धतापत्र सार्वजनिक

1 year ago
जनकपुरधाम विमानस्थलको सुरक्षाका लागि सेना परिचालन

जनकपुरधाम विमानस्थलको सुरक्षाका लागि सेना परिचालन

1 year ago
जनकपुर बम विस्फोट घटनाको १० वर्ष पूरा,(भिडियो समेत)

जनकपुर बम विस्फोट घटनाको १० वर्ष पूरा,(भिडियो समेत)

1 year ago

ताजा समाचार

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

5 months ago
जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

7 months ago
जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

7 months ago
जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

7 months ago
‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

7 months ago
असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

7 months ago

हाम्रो टिम

संचालक: अशिष कुमार झा

कार्यकारी सम्पादक: जयन्त ठाकुर

न्युज डेस्क : प्रियंका झा

No Result
View All Result


  जनकपुरधाम-०४,धनुषा नेपाल
thesouryamithila.com
+977-9854029097
 [email protected]
 सूचना बिभाग दर्ता नं. १७९४/०७६-७७

फेसबुक पेज

सोसल मिडिया                      

Facebook Twitter Youtube Instagram

© 2020 The SouryaMithila Pvt. Ltd. || Powered By ProTech Media Pvt. Ltd. 

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका

© 2020 The SouryaMithila Pvt. Ltd. || Powered By ProTech Media Pvt. Ltd.