द सौर्य मिथिला समाचारदाता

जनकपुरधाम, चैत २२ । जनकपुरधामस्थित प्रादेशिक अस्पतालको आइसोलेशन वार्डमा कोरोनाको आशंकामा राखिएका ५ जनाको रिपोर्ट निगेटिभ आएको छ । प्रादेशिक अस्पतालको आइसोलेशनमा रहेका तीनीहरुको स्वाब परिक्षण शुक्रबार अस्पतालमै जडान गरिएको पीसीआर मेशिनबाट गरिएको थियो । हिजै परिक्षण गरिएपनि आज उनीहरुको परिक्षणको। रिपोर्ट आएको हो । पाँचै जनाको स्वाब परिक्षण पछि रिपोर्ट निगेटिभ आएको प्रदेश दुईको स्वास्थ्य निर्देशनालयको बरिष्ठ जनस्वास्थ्य प्रशासक विजय झाले जानकारी दिए ।
उनका अनुसार कोरोना आशंकामा राखिएका छैठौँ व्यक्तिको स्वाब परिक्षण समेत गराए । छैठौँ व्यक्तिको स्वाब परिक्षणको रिपोर्ट समेत आजै आउने बताए । पीसीआर मेशिनको अभावका कारण कोरोना संक्रमणको जाँचका लागि टेकुस्थित शुक्रराज ट्रपिकल सरुवारोग उपचार केन्द्रमा पठाउनु पर्ने बाध्यता रहेको थिए । प्रादेशिक अस्पतालमै सो मेशिन जडान भएपछि कोरोना संक्रमित रहे नरहेको पत्ता लगाउन सहज भएको चिकित्सकहरुरले बताए ।
यो विषयमा टिप्पणी गर्नुहोस् !