द सौर्य मिथिला समाचारदाता

काठमाडौँ, चैत २१ । संघीय संसद् प्रतिनिधिसभा बैठक लगातार तेस्रो पटक सूचना जारी गरेर स्थगित भएको छ । २३ गतेका लागि बोलाइएको बैठक पनि सूचना जारी गरेर ३० गतेसम्मका लागि सारिएको छ ।प्रतिनिधिसभाको यसअघिको बैठक फागुन २९ गते बसेको थियो। त्यसयता चैत ७ गते, १३ गते २३ गतेका लागि बोलाइएका बैठक कोरोना भाइरसको संक्रमण फैलिने डरले सूचना जारी गरेर स्थगित गराए। आइतबार २३ गते १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक ३० गते १ बजेसम्मका लागि स्थगित गराए।संघीय संसद्का कार्यवाहक महासचिव गोपालनाथ योगीले शुक्रबार एक सूचना जारी गर्दै कोरोना भाइरस (कोभिड- १९) को संक्रमणका कारण मुलुकभर अत्यावश्यक सेवा मात्र सञ्चालनमा रहेको भन्दै प्रतिनिधिसभा बैठक ३० गतेसम्मका लागि स्थगित भएको सूचना जारी गरेका छन्।
कोभिड( १९ भाइरसको सम्भावित संक्रमणका कारण सरकारले देशभर अत्यावश्यक सेवा बाहेकका सम्पूर्ण सेवाको आवतजावतमा लगाएको प्रतिबन्ध यथावत राखेको कारण बस्न नसक्ने भएकालेु २३ गते संसद् बैठक बस्न नसक्ने उक्त सूचनामा लेखिएको छ। प्रतिनिधिसभा नियमावली, २०७५ को उपनियम ३ बमोजिम सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको अर्को बैठक चैत ३० गतेका लागि आह्वान गरेको पनि सूचनामा उल्लेख छ। राष्ट्रिय सभा बैठक भने अनिश्चितकालका लागि स्थगित गराए।
कान्तिपुर
यो विषयमा टिप्पणी गर्नुहोस् !