द सौर्य मिथिला समाचारदाता

पोखरा, चैत २१ । जारी लकडाउनका कारण रगतको अभाव भइरहेको अवस्थामा भरतपोखरी विकास मञ्चद्वारा बिहीबार आयोजित रक्तदानमा १०७ युनिट रगत सङ्कलन भएको छ । रेडक्रस सोसाइटी कास्की शाखाले रगत सङ्कलनका लागि हालै पोखरामा भित्र्याएको अत्याधुनिक उपकरणमैत्री बसको प्रयोग गरी पोखरा महानगरपालिका वडा नं ३३ र २१ का विभिन्न स्थानमा रक्तदान गराए ।
मञ्चले पोखरा–३३ भरतपोखरीका कालिकास्थान, महाकाली चोक, पानीटङ्की, बसपार्क, उपल्लो पुडिटार, जीब्रेढुङ्गा, शान्तिउदय, भगवती चौतारा, ठूलढुङ्गा र पोखरा–२१ को द्वारमा बसमार्फत रक्तदान गरिएको मञ्चका अध्यक्ष डिल्लीराम बरालले जानकारी दिनुभए ।
उनका अनुसार टोल विकास संस्था, सहकारी लगायतका सङ्घसंस्थाले रक्तदाता सङ्कलनमा योगदान पु¥याएका थिए । लकडाउनसँगै नियमित रक्तदान कार्यक्रम रोकिएपछि पोखरामा रगतको अभाव भएको क्षेत्रीय रक्त सञ्चार केन्द्र पोखराका कार्यालय प्रमुख अर्जुन ज्ञवालीले जानकारी दिनुभए । विशेषगरी एबी पोजेटिभ र ए पोजेटिभ समूहको अझै अभाव भएको जानकारी दिदै उनले बसभित्र रक्तदान गर्न सकिने भएकाले लकडाउनका समयमा यो विशेष प्रभावकारी बनेको बताए ।
रासस
यो विषयमा टिप्पणी गर्नुहोस् !