
द सौर्यमिथिला समाचारदाता
जनकपुरधाम, चैत २१ । नेपाल लकडाउन रहेको समय गरिब तथा विपन्न परिवारहरु सबैभन्दा प्रभावित भएका छन् । दैनिक ज्यालामा काम गर्दै आएका ति व्यक्तिहरुलाई करिब दुई हप्ता देखि नेपाल लकडाउन भएपछि खानामा समेत समस्या भएको हो । यस्तो अवस्थामा उनिहरु सहयोगीहरुमै निर्भर भएका छन् । लकडाउनको समयमा भोडा पानी फयाक्ट्रीको सहयोग तथा युवा तथा सरसफाइ अभियानि शंकर चौधरीको समन्वयमा अति दैनीय र बिकट परिस्थितिमा रहेका ब्यक्तिहरु केहि राहत पाएका छन् । चौधरीको पहलमा भोडाले गरिब तथा विपन्न बस्तीमा २०० प्याकेट खाजा र ३०० बोत्तल पानी वितरण गरिएको छ ।

जनकपुरधामको सीता चौकको मेस्तर टोल, पुलचौकको दलित बस्ती, बाह्रविघामा अलपत्र अवस्थामा रहेका भारतीय नागरिक, साकेत नगर रेल्वे ट्रेक, तथा लकडाउन कार्यान्वय गराउन खटेका सुरक्षा निकायका व्यक्तिहरुलाई राहत स्वरुप खाजा वितरण गरेको अभियानी चौधरीले बताए । लकडाउनको अवधिमा आगामी दिनमा समेत गरिब तथा विपन्न परिवारका लागि राहतको व्यवस्था गर्ने उनले बताए ।
करिब १० दिन देखी देश लकडाउन रहेतापनि जनप्रतिनिधिको तर्फबाट गरिब तथा विपन्न परिवारका लागि खासै व्यवस्था गरिएको छैन् । विश्वभर कोरोना भाइरस (कोभिड १९) महामारीको रुपमा फैलिएपछि नेपालमा यसको संक्रमण रोक्न चैत ११ गते देखि २५ गते राति १२ बजे सम्मको लागि लकडाउनको घोषणा गरिएको हो ।
यो विषयमा टिप्पणी गर्नुहोस् !