द सौर्य मिथिला समाचारदाता

जनकपुरधाम, चैत २० । आज चैत शुक्ल नवमी । अर्थात भगवान रामको जन्म दिवस । कोरोना भाइरसको संक्रमण फैलिने डर नभएको जनकपुरधाममा आज भव्य मेला लाग्ने थियो । तर कोरोना भाइरसको संक्रमणको डर र सरकारले घोषणा गरेको लकडाउनका कारण भगवान रामको जन्म जयन्तीमा जनकपुरधाम स्थित राममन्दिर र जानकी मन्दिरमा श्रद्धालुहरुको घुइचो बिना नै पूजा अर्चना गरिएको छ । कोरोना भाइरसको सम्भावित जोखिमलाई दृष्टिगत गरी दुबै मन्दिरका मूल ढोका बन्द गरी सर्वसाधारणको प्रवेशलाई निषेध गरिएको छ । भगवान रामको जँन्म जयन्तीको अवसरमा मन्दिरमा महन्थ र पूजारीहरुले मात्रै पूजा गरेका छन् ।
विगतका वर्षहरुमा भगवान रामको ससुराली जनकपुरधाममा रामनवमीको अवसरमा नेपाल भारतको साधु सन्तहरुको भीड लाग्ने गथ्र्यो । तर यस पटक कोरोना भाइरसको संक्रमण फैलिने डरका कारण मन्दिरहरु तथा पूरै जनकपुरधाम सुनसान देखिएको छ । त्रेतायुगमा चैत शुक्ल नवमीकै दिन भगवान रामको जन्म भएको धर्म ग्रन्थहरुमा उल्लेख रहेको छ ।
यो विषयमा टिप्पणी गर्नुहोस् !