द सौर्य मिथिला समाचारदाता
जनकपुरधाम, मंसिर १२ ।
रौतहटको माधवनारायण नगरपालिकाकी सीता देवीको घरमा छोरी अमृताका लागि विद्यालयले उपलब्ध गराएको साईकल जस्ताको त्यस्तै राखिएको छ ।
उनले कक्षा दशसम्म पढ्न जाँदा प्रयोग गरिएका किताब र झोला पनि त्यतिकै टेबलमाथि थन्काईएको छ । भर्खर एसईई पास गरेकी अमृतालाई उच्च शिक्षा हासिल गर्ने बडो ईच्छा थियो ।

छोरी पढ्न ईच्छुक भएको देखेपछि आमा सीता र बाबु रामअयोध्या साहलाई पनि उनी जति सम्म पढे आफ्नो सामथ्र्य अनुसार पढाउने आँट गरे । तर अब भने उनीहरुले अमृताका लागि देखेको सपना कहिल्यै पूरा हुने छैनन् ।
घरकी कान्छी छोरी रहेकी अमृताले अभिभावकसँग कुनै कुरा किन्नका लागि हार गुहार लगाई रह्नु पर्दैनथ्यो ।

‘उनले कुनै पनि सामानका लागि एकचोटी भनेपछि ममी पापाले ल्याई दिनुहुन्थयो ।’ अमृताकी दिदी काजलकुमारीले भनिन् ‘पसलको हरहिसाबदेखि आफ्नो पढाईसम्मको जिम्मेवारी आफैँ बुझ्थिन् कसैले उनलाई भनिरह्नु पर्दैनथ्यो ।’
अन्य दिन जस्तै गत कार्तिक २६ गते बुधबार राति पनि उनीहरु सँगै खानपिन गरे र घरका केही सदस्य (अमृताकी दीदी, भाउजु र बुवा) घरमै सुते आमासँगै अमृता भने गोठमा सुत्न गईन् ।

‘राति करिब ११ बजेको होला गोठको छेउमै रहेको शौचालयमा गएँ, त्यतिबेलासम्म अमृता सुतिसकेकी थिईन्, गोठ नदी छेउमै भएकोले भित्रको बत्ती बालेर दुईमध्ये एक ढोका खुल्लै छोडी बाहिरको ढोका भने कुकुर नपस्ने गरी अड्काएर ट्वाईलेट पसे लगभग ४-५ मिनट भएको थियो त्यतिकैमा ठुलो आवाज आयो ।

’ मृतककी आमा सीताले भनिन् ‘ सुरुमा त दिपावली नजिकिएकाले टोलमा कसैले पटाका फोडेको होला भनेर सोचे, तापनि मनले मानेन्, शौचालयबाट बाहिरिए कलमा गएर छिट्टो छिट्टो हाथ खुटट धोएर गोठ तिर फर्किदै गर्दा चार पाँच जना पुरुष दौडिएको देखे ।’
‘ढोकानिर पुग्दा कसैले ढोका खोले जस्तो लाग्यो ।’ रुदैँ आमा सीताले भनिन् ‘भित्र बत्ती बालेर गएको त्यो पनि निभिएको थियो बाल्दा त मेरी छोरी खाटबाट भुईमा लडेर छट्पटिदै थिईन् ।’
कञ्चटमा गोली लागेको अमृताले आमा सीताकै हाथमा प्राण त्यागेकी थिईन् ।आमा छोरी गोठमा सुत्दै गरेको लगभग १५ दिन भएको हो । यसअघि सबैजना घरमै सुत्ने गर्दथे । छोरीसँग सम्बन्ध विच्छेद पछि उनी माथि केटा पक्षले मुद्दा हालेका थिए ।’
आमा सीताले भनिन् ‘उनीहरुले अमृताउपर प्रेमीसँग मिलेर आफ्नो छोरालाई मार्ने प्रयास गरेको आरोप लगाउँदै मुद्दा दिएका थिए जसकारण दिनरात गरी प्रहरी पटक पटक घरमा आउन थालेको थियो यहीँ डरले हामीले उनलाई लुकाउँदै हिडेका थियौँ के थाहा छोरीलाई जोगाउन राखिएको घरमै उनको हत्या हुन्छ भनेर ।’

आमा सीताका अनुसार गत फागुनमा अमृताको विवाह सर्लाहीको मधुवन बस्ने सँग भएको थियो । विवाहपछि ससुराली बस्दै आएकी अमृता र उनका श्रीमान् सुतिरहेको बेला पति माथि अज्ञात व्यक्तिहरुले आक्रमण गरेका थिए ।
आक्रमणकै कारण गम्भीर घाईते भएका उनलाई तत्कालै वीरगंजको एक अस्पतालमा आईसीयु उपचार गरिएको थियो । पछि आक्रमणबारे प्रहरीले सोधखोज गर्दै जाँदा ती माधवनारायण नगरपालिककै सोसिन्द्र कुशवाहा र उनका मामाको छोरा र
गाउँमै रहेको किराना पसलमा अमृता नै बस्ने गर्दथिन् । आफुहरुलाई हरहिसाब गर्न नआएकोले दोकानदारीका लागि छोरी नै बस्ने गरेको उनले बताईन् ।
‘मेरा श्रीमान् पसलको सामान ल्याउन जानुहुन्थ्यो पसलमा बस्ने कोही हुन्थेनन् ।’ सीताले भनिन् ‘मलाई रुपैँया पैसा गन्न आउँदैन् त्यसलाई अमृतालाई नै बसाउँथ्यो के थाहा मेरी कलिलो छोरीलाई ती दोब्बर उमेरका मान्छेले प्रेम जालमा फसाउँछ ।’

यता घटनाको २ साता भन्दा बढी बितिसकेपनि प्रहरीले अनुसन्धानमा गम्भीरता नदेखाएको स्थानीयको आरोप छ ।
‘गाउँमा एक छोरीको हत्या हुन्छ, हत्यारा विषयमा प्रहरी सबै कुरा थाहा छ तर पक्राउ गर्न सकेको छैन् ।’ एक जना स्थानीय नाम नबताउने शर्तमा भने ।‘ गाउँमा अब दिनमा पनि निस्किन डर लाग्छ कहीँ कतै अब हाम्रा अन्य छोरी चेली त अपराधीको निशाना बन्ने त होईन् ।’
हत्यारा गाउँकै व्यक्ति भएपनि प्रहरीबाट बच्न दिनभर गायब र रातमा घरमा आएर निर्धक्क बस्नुले प्रहरीको अनुसन्धान फितलो देखिएको गाउँलेहरुको आरोप रहेको छ ।

घटनाबारे रौतहटका प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहसँग सोध्दा उनले प्रहरी गम्भीरतापूर्वक घटनाको अनुसन्धान गरिरहेको दाबी गरे ।
घटनाका आरोपित पहिचान भईसकेका छन् ।’ एसपी शाहले भने ‘प्रहरीले विभिन्न कोणबाट अनुसन्धान जारी नै राखेकाले पक्राउ गर्न ढिला भएको हो ।’रौतहटकी ती युवतीको हत्या प्रेम सम्बन्धका कारण भएको प्रहरी स्रोतको भनाई रहेको छ ।
यो विषयमा टिप्पणी गर्नुहोस् !