द सौर्य मिथिला समाचारदाता

विराटनगर, चैत २० । लकडाउनका कारण सार्वजनिक यातायात सञ्चालन नआएपछि विचल्लीमा परेका सवारी साधनका मजदूरलाई विहान र वेलुकी खाना खुवाउने कार्यको शुरु गराए ।
सुनौलो पूर्व नेपाल यातायात सेवा प्रालि, नेपाल यातायात मजदूर सङ्घ, बसपार्क व्यवस्थापन समिति, नेपाल यातायात मजदूर सङ्घ र अखिल नेपाल यातायात मजदूर सङ्घले संयुक्त रुपमा बसपार्कस्थित होटलमा दैनिक ६० मजदूरलाई विहान र वेलुकी खाना खुवाउने कार्य बुधवारदेखि शुरु गराए ।
सुनौलो विहानका अध्यक्ष राजन कँडेलले सार्वजनिक यातायात सञ्चालन नहुँदा भोकै वस्नु परेको कैलाली, वाँके, जनकपुरलगायतका मजदूरहरुलाई लकडाउनको अवधिसम्म खाना खुवाउने व्यवस्था मिलाएको बताए ।
सप्तरीका चालक हरिनारायण मुखीयाले यातायात सञ्चालन नहुँदा आफूसँग भएको सबै रकम खर्च भइसकेको र भोकै वस्नु पर्ने अवस्थामा अहिले विभिन्न सङ्घसङ्गठनले खानाको व्यवस्था गर्दा खुशी लागेको बताए ।
उक्त कार्यमा सिएमजी स्वास्थ्य क्लव विराटनगर–११ ले पनि सहयोग गरेको छ । यस्ता कार्यमा सहयोग गर्न अन्यदातालाई आग्रह गरिएको बताए ।
रासस
यो विषयमा टिप्पणी गर्नुहोस् !