द सौर्य मिथिला
पुस महिनाको ज्यानमारा हुस्सुजस्तै यो समय
जहाँ-
कठ्यांग्रीरहेछन् जाडमा खाडी
निलिसकेछ अन्ध्यारोले चन्द्रमालाई
धिप धिप बलिरहेछ
जुनकीरीजस्तै सिटी सेन्टर।
यतिबेला,
जिउनलाई म संग छ-
उनकै यादको एक टुक्रा वसन्त र
मुटुमा टासिएछ एक पुरानो तस्बीर पनि
यिनै तस्बीरलाई कोट्याउदा(कोट्याउदै
दोहाको यो समुन्द्री तटमा बसेर
खोजिरहेछु बिगतका पल
सम्झिरहेछु बेनाम जिन्दगी
गाइरहेछु बिरहका गीत
अनि
लेखिरहेछु मस्तिष्कको पानामा
सम्झनाको कलमले
एक बियोगान्त कविता।
जसमा प्रष्ट रुपमा
उल्लेख गरिएको छु कि-
जसरी फ्याकेथ्यो उस्ले
बर्षौ पहिले मलाई
जिन्दगीको ग्लासबाट
चियाको लिप्टन सम्झेर
ठीक त्यसरी नै मैले पनि
फालिदिए आजदेखि
आफ्नै आँखाको समुन्द्रबाट
उसका यादका थोपाहरु
विस्तारै
विस्तारै
पर क्षितिजमा।
विन्देश्वर ठाकुर
यो विषयमा टिप्पणी गर्नुहोस् !