
द सौर्य मिथिला समाचारदाता
जनकपुरधाम, चैत १९ । नेपाल लकडाउन रहेको समय कालोबजारी गर्नेहरु मौलाएका छन् । लकडाउनको फाईदा उठाउँदै मुल्यभन्दा महगोमा खाद्यान्य सामग्री बेच्ने दुई जना पक्राउ परेका छन् । आलु, प्याज र माछा अधिक मुल्यमा बेचीरहेको अवस्थामा अनुगमनको क्रममा दुईजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिएका छन् ।
जनकपुरधाम उपमहानगरपालिका वडा नं. ७ स्थित माछाबजारमा माछा प्रति केजी ५०० को दरले बेची रहेको अवस्थामा भारत विहार मधुवनी जिल्लाका ३१ वर्षीय संजिव सहनीलाई मंगलवार र वडा नं. १६ स्थित कपिलेश्वरमा आलु प्रति केजी ५५ रुपैया र प्याज प्रति केजी ६० रुपैयामा बेचि रहेको अवस्थामा ३२ वर्षीय सरोज कुमार साहलाई आलु र प्याज सहित नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक कार्कीले जानकारी दिए ।
यो विषयमा टिप्पणी गर्नुहोस् !