Unicode
ENglish
सोसल मिडियामा हामी   
thesouryamithila
No Result
View All Result
TRENDING
मृत्यु पक्राउ कोरोना पुष्टि संक्रमण पुष्टि संक्रमित सङ्क्रमित कोरोना संक्रमित थपिए
No Result
View All Result
No Result
View All Result

महिला हिंसा न्यूनिकरण गर्न बनेको ‘हेल्लो सिएम एप’ प्रयोग विहिन


hello CM
hello CM

द सौर्य मिथिला समाचारदाता

जनकपुरधाम, चैत १९ । प्रदेशमा बढदै गएको अपराधलाई न्युनिकरण गर्न प्रदेश २ सरकारले ल्याएको ‘हेल्लो सिएम’ एप प्रभाव विहिन भएको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रमको उद्घाटन गर्दै प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले ‘हेल्लो सिएम’ एप सार्वजनिक गरेका थिए । तर त्यो एप विना कुनै प्रयोग गूगलको प्लेस्टोरबाट हराएको छ । सार्वजनिक भएको केही दिनमै एप प्लेस्टोरबाट हराएको थियो । अहिले प्लेस्टोरमा एउटा ‘हेल्लो सिएम’ देखिएपनि यो एप अन्य प्रदेशको रहेको छ ।

एपलाई लन्च गर्ने समयमा प्रदेश सरकारले यस एपले अपराधलाई न्युनिकरण गर्न ठुलो भूमिका खेल्ने दावा गरेका थिए तर त्यो दावा घोषणामा मात्रै सिमित भएको देखिन्छ । २०७५ साल कार्तिक ११ गते आयोजित समुदाय–प्रहरी साझेदारी सम्बन्धि कार्यक्रममा एप सार्वजनिक गर्दै मुख्यमन्त्री राउतले महिला हिंसा न्यूनिकरणमा यो एपले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका थिए तर सार्वजनिक भएको केहि दिनमै यो एप प्रयोग विहिन भएको छ ।

महिला हिंसामा परेकोबेला एप डाउनलोड भएको मोबाइल तीनपटक हल्लाए त्यो जानकारी नजिकको प्रहरी कार्यालयमा आकस्मिक कलको रुपमा पुग्ने र पीडितको लोकेसन पनि प्रहरीले थाहा पाउने एप निर्माता इन्जिनियर आदित्य राजले दावी गरेका थिए ।
शहरका विभिन्न संवेदनशील ठाउँमा राखिएको सिसिटिभी क्यामेराले कैद गर्ने दृश्य अनुगमनको लागि प्रहरीसँग आवश्यक संयन्त्र र व्यवस्था छन् । तर हेल्लो सिएम एपका लागि भने त्यस्तो व्यवस्था छैन् । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार महिला हिंसा सम्बन्धि जानकारी फोनमार्फत आउने गरेको भएतापनि हेल्लो सिएम बारे कुनै जानकारी नरहेको बताए ।

यता प्रदेश २ का आन्तरिक मामिला तथा कानून मन्त्री एवं प्रदेश सरकारका प्रवक्ता समेत रहेका ज्ञानेन्द्र कुमार यादवको अनुसार ‘हेल्लो सिएम’ एप पूर्ण रुपले निर्माण नभएकोले अहिले प्रयोगमा आएको छैन् । उनले भने, ‘हेल्लो सिएम एप चाँडै प्रदेश २ को ८ वटै जिल्लमा लन्च गर्छौ ।’
यता एप निर्माता आदित्य राजका अनुसार करिब ६ लाखको आफ्नै लागतमा निर्माण गरेको हेल्लो सिएम एप सरकारले लागु नै गर्न सकेन । आफुले एप निर्माण गरेतापनि प्रदेश सरकारले त्यसलाई सञ्चालनमा नल्याउँदा अहिले प्रयोग विहिन भएको निर्माता राजले बताए । उनका अनुसार प्रदेश सरकारलाई पटक पटक यस एपको सञ्चालनको लागि भन्दा समेत यस प्रति प्रदेश सरकार गम्भिर नरहेको बताए ।

Tags: प्रदेश

यो विषयमा टिप्पणी गर्नुहोस् !

द सौर्य मिथिला

द सौर्य मिथिला

The Best News Portal of Nepal.

सम्बन्धित समाचार

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

5 months ago
जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

7 months ago
जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

7 months ago
जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

7 months ago
‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

8 months ago
असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

8 months ago
सत्ता गठबन्धनको पक्षमा मत माग्दै अनिल र परमेश्वरले शुरु गरे घरदैलो

सत्ता गठबन्धनको पक्षमा मत माग्दै अनिल र परमेश्वरले शुरु गरे घरदैलो

8 months ago
रामरोशन नै उत्तराधिकरी महन्थ रहेको गुठीको स्पष्टोक्ति

रामरोशन नै उत्तराधिकरी महन्थ रहेको गुठीको स्पष्टोक्ति

10 months ago

ताजा समाचार

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

5 months ago
जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

7 months ago
जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

7 months ago
जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

7 months ago
‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

8 months ago
असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

8 months ago

हाम्रो टिम

संचालक: अशिष कुमार झा

कार्यकारी सम्पादक: जयन्त ठाकुर

न्युज डेस्क : प्रियंका झा

No Result
View All Result


  जनकपुरधाम-०४,धनुषा नेपाल
thesouryamithila.com
+977-9854029097
 [email protected]
 सूचना बिभाग दर्ता नं. १७९४/०७६-७७

फेसबुक पेज

सोसल मिडिया                      

Facebook Twitter Youtube Instagram

© 2020 The SouryaMithila Pvt. Ltd. || Powered By ProTech Media Pvt. Ltd. 

No Result
View All Result

© 2020 The SouryaMithila Pvt. Ltd. || Powered By ProTech Media Pvt. Ltd.