Unicode
ENglish
सोसल मिडियामा हामी   
thesouryamithila
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका
No Result
View All Result
TRENDING
मृत्यु पक्राउ कोरोना पुष्टि संक्रमण पुष्टि संक्रमित सङ्क्रमित कोरोना संक्रमित थपिए
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका
No Result
View All Result
No Result
View All Result

उपप्रधानमन्त्री भन्छन् : भावनाले सबै कुरा चल्दैन, जो जहाँ छन्, त्यहीँ रहनुपर्छ


उपप्रधानमन्त्री भन्छन् : भावनाले सबै कुरा चल्दैन, जो जहाँ छन्, त्यहीँ रहनुपर्छ

द सौर्य मिथिला समाचारदाता


काठमाण्डौं, चैत १८ । सरकारले लकडाउनको समयमा जो जहाँ छ, त्यहीँ व्यवस्थापन गर्ने र सीमानाका भने नखोल्ने भएको छ । भारतबाट नेपाल फर्कन चाहनेसमेत उतै बस्नुपर्ने र नेपालमा रहेका भारतीय नागरिकसमेत भारत फर्कन नपाउने भएका छन् ।

कोरोनाको सङ्क्रमण फैलन सक्ने त्रासका बीचमा दुई देशको सीमानाका बन्द भएको बेला नेपाल फर्कन खोजेका नेपाली नागरिकको सङ्ख्या दशगजा क्षेत्रमा देखिएको बेला नेपाल सरकारका उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले भावनात्मक कुराका आधारमा मात्रै विपत्तिसँग जुध्न नसकिने बताए ।

रासससँग आज आफ्नै कार्यकक्षमा कुराकानी गर्नुहुँदै कोभिड १९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजकसमेत रहनुभएका मन्त्री पोखरेलले सीमानाका बन्द भएपछि पनि स्वदेश फर्किन दशगजा क्षेत्रमा जम्मा भएका नेपाल र भारत दुवै देशका नागरिकलाई जो जहाँ छन् त्यही देशको सरकारले व्यवस्थापन गर्ने गरी व्यवस्था मिलाइएको जानकारी दिनुभए ।

“भारतका विभिन्न स्थानमा रोजगारी तथा अन्य सिलसिलामा पुगेका नेपाली नागरिक देश फिर्ताको माग गर्दै आएका छन् ।

केही नेपाली पौडेर महाकाली नदीसमेत पार गरेर आएका छन् । त्यसबाट कोरोनाको सङ्क्रमण फैलन सक्ने अवस्थालाई ध्यानमा राखेर जो जहाँ छन्, त्यहीँ राख्ने गरी व्यवस्था गरिएको हो”, मन्त्री पोखरेलको भनाइ छ ।

उनले भन्नुभए, “भावनात्मक हिसाबले त उनीहरुलाई फर्कन दिनुुपर्छ भन्ने कुरा स्वभाविक नै हो, तर यो भावना भन्दा परेको विषय हो । विपद्मा जो जहाँ छौँ, त्यहीँ बसौँ ।” भारतीय सीमाभित्र रहेका नेपालीको व्यवस्थापन उनीहरुले गर्ने र नेपालमा रहेका भारतीय नागरिकको व्यवस्थापन नेपालले गर्ने नै तत्कालको लागि सबैभन्दा उत्तम विकल्प भएको उनको भनाइ छ ।

विशेष गरी दार्चुलाको सीमापारि धार्चुला र कैलालीको नेपाल भारत सीमा क्षेत्रमा केही नेपाली जम्मा भई बसेका छन् । जोखिमपूर्ण वा सङ्कटको समयमा विश्व स्वास्थ्य सङ्गठनको प्रोटोकलले समेत जो जहाँ छन्, त्यही सुरक्षित राख्ने वा रहन दिने भनेको छ । उनले कोरोनाको परीक्षण, रोकथाम तथा अन्य व्यवस्थाका लागि सरकारले जुनसुकै खालको पनि प्रयत्न गर्ने र त्यसमा साथ सहयोग नेपाली नागरिक तथा सम्बद्ध सरोकार भएका सबै क्षेत्र र निकायको रहनुपर्ने उपप्रधानमन्त्री पोखरेलको भनाइ छ ।

चीनबाट ल्याइएका मेडिकल सामग्री तथा अन्य उपकरणका विषयमा अनावश्यक हल्ला चलाइएको भन्दै उपप्रधानमन्त्री पोखरेलले जोसुकै व्यापारी तथा सामान आयतकर्तालाई पनि सामान ल्याउन आग्रह गर्दासमेत नमानेका कारण छोटो बाटो अपनाउनुपरेको जानकारी दिनुभए ।

विपद्को समयमा सबैका साथ सहयोग जरुरी रहेको भन्दै अनावश्यक हल्ला, टीका टिप्पणीले यस्तो समयमा काम नगर्ने उनको कथन छ । सरकारले आवश्यक परेको खण्डमा जुनसुकै देशबाट पनि ‘जि टु जि’ अवधारणमा सामान आयात गर्न सक्ने स्पष्ट पार्नुभयो । उनले भन्नुभए , “सरकार नागरिकको अभिभावक पनि हो । आवश्यक पर्दा विषम परिस्थितिमा विषम निर्णय पनि लिन्छ । त्यसका लागि सरकार तयार छ ।” उनले निजी अस्पताल र मेडिकल कलेजले समेत सरकारलाई साथ दिने र सहयोग गर्ने बताएको र एकाधले केही कमजोरी गरेको भए पनि सरकारको आग्रहलाई स्वीकार गर्ने विश्वास व्यक्त गर्नुभए ।

लकडाउनको समयमा सबै नेपाली नागरिक इमान्दार भएर घर तथा आफ्नै निवासमा रहेर देश र आफ्नैसमेत सुरक्षा गर्नुपर्ने उहाँको भनाइ छ । उनले विपद् समग्र मानव सभ्यता र संस्कृतिविरुद्धको प्रहार भएकाले यसमा सबैको उत्तिकै साथ र सहयोग रहनुुपर्नेमा उपप्रधानमन्त्री पोखरेलले जोड दिनुभए । आइतबारको मन्त्रिपरिषद् बैठकले दैनिक ज्यालादारी तथा श्रमिक वर्गका लागि विशेष राहत प्याकेज ल्याएको र त्यसको व्यावहारिक कार्यान्वयन गरिने भएकाले त्यस्ता व्यक्ति वा वर्गलाई नआत्तिनसमेत उपप्रधानमन्त्रीले आग्रह गर्नुभए ।

स्थानीय तहले नै कम आय भएका, ज्यालादारी तथा श्रमिक चिन्ने भएकाले विधिअनुसार नै उनीहरुले राहत पाउने र सरकारले उपलब्ध गराउने दृढता व्यक्त गर्नुभए । उपप्रधानमन्त्रीले सरकारले गरेका हरेक निर्णय नेपाल र नेपाली जनताको हितलाई केन्दमा राखेर भएकाले कुनै दुविधा नराख्न र गलत मनसाय राख्नेले चलाएको हल्लामा नलाग्नसमेत आग्रह गर्नुभए ।

रासस

Tags: लकडाउन

यो विषयमा टिप्पणी गर्नुहोस् !

द सौर्य मिथिला

द सौर्य मिथिला

The Best News Portal of Nepal.

सम्बन्धित समाचार

जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

10 months ago
जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

11 months ago
जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

11 months ago
रामरोशन नै उत्तराधिकरी महन्थ रहेको गुठीको स्पष्टोक्ति

रामरोशन नै उत्तराधिकरी महन्थ रहेको गुठीको स्पष्टोक्ति

1 year ago
निहारिका मुद्दामा उच्च अदालतको आदेश : आरोपितलाई झिकाउ

निहारिका मुद्दामा उच्च अदालतको आदेश : आरोपितलाई झिकाउ

1 year ago
दोहोरो नागरिकता लिएका युवकलाई धनुषा प्रहरीले नियन्त्रणमा लियो

दोहोरो नागरिकता लिएका युवकलाई धनुषा प्रहरीले नियन्त्रणमा लियो

1 year ago
जनकपुरधामको प्रमुखमा स्वतन्त्र उम्मेदवार मनोज निर्वाचित

जनकपुरधामको प्रमुखमा स्वतन्त्र उम्मेदवार मनोज निर्वाचित

1 year ago
नेपाली कांग्रेसका पूर्व उपसभापति निधिसहित विभिन्न दलका प्रमुख नेताहरुले मतदान गरे

नेपाली कांग्रेसका पूर्व उपसभापति निधिसहित विभिन्न दलका प्रमुख नेताहरुले मतदान गरे

1 year ago

ताजा समाचार

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

9 months ago
जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

10 months ago
जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

11 months ago
जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

11 months ago
‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

11 months ago
असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

11 months ago

हाम्रो टिम

संचालक: अशिष कुमार झा

कार्यकारी सम्पादक: जयन्त ठाकुर

न्युज डेस्क : प्रियंका झा

No Result
View All Result


  जनकपुरधाम-०४,धनुषा नेपाल
thesouryamithila.com
+977-9854029097
 [email protected]
 सूचना बिभाग दर्ता नं. १७९४/०७६-७७

फेसबुक पेज

सोसल मिडिया                      

Facebook Twitter Youtube Instagram

© 2020 The SouryaMithila Pvt. Ltd. || Powered By ProTech Media Pvt. Ltd. 

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका

© 2020 The SouryaMithila Pvt. Ltd. || Powered By ProTech Media Pvt. Ltd.