द सौर्य मिथिला समाचारदाता
खेल , फाल्गुन १४ ।
इटालीमा फैलिएको कोभिड–१९ अर्थात नोवेल कोरोना भाइरसको संक्रमणका कारण इटालियन सिरी ए फुटबलका खेलहरु प्रभावित भएका छन् ।
यो सप्तान्तमा हुने पाँचवटा खेलहरु बन्द रंगशाला अर्थात दर्शकको उपस्थिति बिना हुने भएका छन् । यसरी बन्द रंगशालामा हुने खेलमा युभेन्टसको खेल पनि छ ।
युभेन्टसले इन्टर मिलानको मैदानमा खेल्दैछ । यस्तै युडिनेस, एसी मिलान, पार्मा तथा सासुओलोमा हुने खेलहरु पनि दर्शकबिना हुने छन् । लाजिओ, नापोली, लिचे र काग्लिएरीमा हुने खेलहरुमा भने दर्शक उपस्थित हुन पाउने छन् ।
तर साम्पडोरियामा सोमबार हुने खेलमा के हुनेछ भन्ने खुलेको छैन । इटालीको उत्तरी क्षेत्रमा कोरोना भाइरसको संक्रमण फैलिएको छ । अहिलेसम्म इटालीमा २२९ जनामा संक्रमण पुष्टि भएको छ भने सातजनाको मृत्यु भइसकेको छ ।
साभार देशसंचार
यो विषयमा टिप्पणी गर्नुहोस् !